मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बैतडी घटनाबारे महिला आयोग गम्भीर

बैतडी घटनाबारे महिला आयोग गम्भीर


काठमाडौँ । राष्ट्रिय महिला आयोगले बलात्कारपछि हत्या भएको भनिएकी बैतडीको दोगडाकेदारकोे घटनाका दोषीलाई कानुनको दायरामा ल्याई घटनाबारे निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ । 
 
दोगडाकेदार गाउँपालिका–७ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय किशोरी भगिरथी भट्टको यही माघ २१ गते शङ्कास्पद अवस्थामा शव भेटिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । घटनाको अनुगमन तथा अनुसन्धानका लागि आयोगले राष्ट्रिय मानवअधिकार आयोगसँग समेत छलफल गरिरहेको सचिव शान्ता अधिकारी भट्टराईले जानकारी दिए । 
 
हिंसाजन्य यस्ता गम्भीर घटनाले व्यक्तिको जीउज्यानको सुरक्षा र मानव अधिकराको गम्भीर उल्लङ्घन भएको आयोगले महसुस गरेको छ । सो घटनाको अनुगमन तथा अनुसन्धानका लागि तत्कालै आयोगले एक टोलीसमेत गठन गरेको छ । टोलीको नेतृत्व आयोगका सदस्यले गर्नेछन् । 
 
आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिनेतर्फ सचेत रहँदै निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । दोषीमाथि कानूनबमोजिम कारवाही गर्न र पीडित परिवारको सुरक्षा तथा न्यायमा पहुँच पु¥याउन आयोगले आग्रह गरेको छ । रासस