मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्व स्वास्थ्य संगठनद्वारा वुहानको कोभिड प्रयोगशाला निरीक्षण

विश्व स्वास्थ्य संगठनद्वारा वुहानको कोभिड प्रयोगशाला निरीक्षण


वुहान । कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले तयार पारेको टिम चीनको वुहान सहर पुगेको छ । उनीहरुलाई प्रवेश गर्न चीन सरकारले यसअघि रोक लगाएको थियो ।  
 
चीनको वुहान सहरलाई कोरोना भाइरस कोभिड १९ को उद्गमस्थल मानिएको छ । सो स्थानको अनुसन्धान गर्न विश्व स्वास्थ्य संगठनका विज्ञहरुको समूह बुधबार त्यहाँ पुगेको हो । 
 
चीनको वुहानमा पुगेको सो समूहले बुधबार त्यहाँ रहेको कोरोना भाइरससम्बन्धी प्रयोगशालाको निरीक्षण पनि गरेको छ । लामो समयको छलफलपछि चीनले डब्ल्यूएचओलाई कोरोनाको उद्गमस्थल मानिएको वुहानमा अनुसन्धान तथा अध्ययनका लागि अनुमति दिएको थियो ।  
 
वुहानमा अध्ययनका लागि डब्ल्युएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञलाई चीन पठाउने निर्णय सो संगठनले हालैमात्र गरेको थियो । 
 
गएको महिना जनवरी २०२१ देखि अध्ययन सुरु हुने घोषणा गरिएको थियो । चीनले विश्व स्वास्थ्य संगठनका प्रतिनिधिलाई वुहान जाने अनुमति नदिएपछि हालैमात्र उनीहरु त्यहाँ पुगेका छन् ।  
 
सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण यतिखेरसम्म विश्वभर नै फैलिएको छ । अझ पछिल्ला दिनहरुमा त यसको नयाँ प्रजातिको पनि सङ्क्रमण सुरु भएको बताइएको छ । 
 
कोरोना भाइरसको महामारी अझै पनि घट्ने अवस्था देखिएको छैन । विश्वमा दश करोडभन्दा बढी नागरिक संक्रमित भइसकेका छन् । त्यसैगरी यसबाट करिब २२ लाख मानिसको ज्यान गएको छ ।  
 
विश्वमा खोपको विकास भएको छ र कैयौँ देशमा खोप दिने क्रम पनि सुरु भएको छ । तर, पनि यति बेलासम्म पनि कोरोना भाइरसको समस्या घटेको देखिएको छैन । 
 
विश्व स्वास्थ्य संगठनका विज्ञहरुको समूह चीनको वुहानमा रहेको इन्स्टिच्युट अफ भाइरोलोजीमा पुगेर कोरोना भाइरसको उत्पत्ति र यसको विस्तार हुनुका कारणहरुको बारेमा खोजी रहेको बताइएको छ । एएफपी