काठमाडौँ । कक्षा १२ को परीक्षाफल सोमबार बिहान सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेसँगै आज सार्वजनिक गरिएको बोर्डले जनाएको छ।
वैशाखमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा सञ्चालन गरिएको थियो। परीक्षा गत मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन भएको थियो। परीक्षा देशभरका ४ हजार १०० परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो।
बोर्डको कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको हो। कुल ४ लाख ३३ हजार २७१ जना परीक्षार्थीले परीक्षा दिएको बोर्डले जनाएको छ।








प्रतिक्रिया