काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको नियुक्ति सिफारिस फिर्ता पठाएका छ्न् । आइतबार सभामुख सापकोटाले नेपाल सरकार र संवैधानिक परिषद्लाई पत्र लेखेर नियुक्ति सिफारिस फिर्ता लिएका हुन् ।
नियुक्ति सिफारिस फिर्ता पठाउनुको कारणमा प्रतिनिधिसभा विघटन भइसकेकाले संसदीय सुनुवाइ आवश्यक नपर्ने उल्लेख गरिएको छ ।
३० मंसिरमा सरकारले अध्यक्षसहित तीन सदस्यमात्र उपस्थित भए पनि बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त बैठकमा सभामुख उपस्थित रहेका थिएनन् ।
पुस ५ गते संसद् सचिवालयमा संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगहरूमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सभामुख सापकोटाले विभिन्न कारण देखाउँदै संसदीय सुनुवाइ हुन नसक्ने भन्दै संसदीय सुनुवाइसम्बन्धी कागजात फिर्ता गर्नुको कारणहरू उल्लेख गरेका छन् ।











प्रतिक्रिया