मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

ससद् विघटनलाई सर्वोच्चले उल्टाइदिन्छ : नेता सिटौला

ससद् विघटनलाई सर्वोच्चले उल्टाइदिन्छ : नेता सिटौला


काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संवैधानिक अधिकार नै नभईकन प्रधानमन्त्री केपी शर्मा ओलीले ससद् विघटन गरेकाले त्यसलाई सर्वोच्च अदालतले उल्टाइदिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

उनले सरकारको सबै कामहरुलाई संसदले सहयोग गर्दै आइरहेकोमा प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट सरकारलाई असहयोग भएकाले विघटन गरिएको भन्नु सरासर झुट भएको बताए । 

उनले चुनाव गर्ने चाहनाले संसद् विघटन गरेको नभई जनतामा निराशा पैदा गराई अहिलेको व्यवस्थालाई नै अन्तत्वगत्वा असफल देखाउन प्रधानमन्त्री केपी ओली लागिपरेको बताए । उनले आआफ्नो क्षेत्रबाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमको विरोध गर्न आग्रह गरे ।

झापा काठमाडौँ सम्पर्क समिति क्षेत्र नं ३ ले शनिबार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ । काठमाडौँको डिल्लीबजारस्थित सांस्कृतिक संघ भवनमा आयोजित कार्यक्रममा झापा क्षेत्र नं ३ बाट काठमाडौँमा आई बसोबास गर्ने, नेपाली कांग्रेसमा आस्था राख्ने मानिसहरुको बाक्लो उपस्थिति थियो ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रमुख अतिथि र कांग्रेस युवा नेता एवं नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले विशेष अतिथि रहेको कार्यक्रममा नेपाली कांग्रेसका अन्य जिल्लाहरुको सम्पर्क समितिका अध्यक्षहरु, विभिन्न भ्रातृ संगठनका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

करिब ३ घन्टा चलेको अन्तक्र्रियामा झापा काठमाडौँ सम्पर्क समितिका उपसभापति रोशन लामिछाने, कोषाध्यक्ष खेम प्रसाईं, कांग्रेस युवा नेता कुन्दनराज काफ्लेलगायत महानुभावहरुले आफना भनाइहरु राखेका थिए । कार्यक्रम झापा(काठमाडौँ सम्पर्क समिति क्षेत्र न ३ का उपसभापति रोशन लामिछानेको सभापतित्वमा सम्पन्न भएको थियो ।