मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन


रुपन्देही । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोनाविरुद्धको खोप अभियान प्रभावकारी बनाउन स्वास्थ्य निर्देशनालय र खोप केन्द्रका अधिकारीलाई निर्देशन दिएका छन् । 
 
शनिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भैरहवामा खोप अभियानको निरीक्षणका क्रममा उनले पहिलो चरणमा प्रभावकारी ढङ्गले स्वास्थ्यकर्मी र सफाइकर्मीलाई खोप प्रदान गर्न आग्रह गरे ।
 
उनले नेपालमा आएको खोप अरु देशमा परीक्षण भइसकेकाले ढुक्क भएर लगाउन अनुरोध गर्दै सरसफाइकर्मी सहजरूपमा खोप केन्द्रसम्म आउने वातावरण बनाउन निर्देशन दिए । खोप अभियानका लागि स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न पनि मन्त्री त्रिपाठीले सुझाव दिए ।
 
अस्पतालको खोप केन्द्रको निरीक्षणपछि मन्त्री त्रिपाठीले प्रदेश स्वास्थ्य निर्देशनालयका अधिकारी तथा अस्पतालका पदाधिकारीसँग छलफल गरेका थिए । 
 
शुक्रबार भरतपुर, नवलपुर र परासीका अस्पतालमा खोप अभियानको निरीक्षण गरेका मन्त्री त्रिपाठी शनिबार बुटवल आएका हुन् । उनले  बुटवल र भैरहवामा खोप अभियानको निरीक्षण गरेका हुन् । रासस