मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कसैको लहडको भरमा उपलब्धि समाप्त हुँदैन : नेपाल

कसैको लहडको भरमा उपलब्धि समाप्त हुँदैन : नेपाल


सुदूरपश्चिम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संविधानसभामार्फत प्राप्त लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता समावेशिताजस्ता उपलब्धि कसैको लहडको भरमा समाप्त नहुने बताएका छन् । 
 
प्रतिनिधिसभा विघटनविरुद्ध सो पार्टीद्वारा धनगढीमा आयोजित विरोध सभामा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले इतिहासका पाङ्ग्रा फेरि पछाडि जान नसक्ने दाबी गर्दै भने, “प्राप्त उपलब्धिको रक्षाका लागि जनताले हरेश खानुपर्ने आवश्यक छैन, तपाईंहरुको साथमा हामी छौँ ।” 
 
पार्टी राम्ररी चलाउनका लागि पार्टीका तर्फबाट दिइएको सुझाव प्रधानमन्त्रीले नसुन्दा समस्या उत्पन्न भएको तर्क गर्दै उनले कुर्चीको तानातान तथा हानाथापका लागि पार्टीमा समस्या सिर्जना नभएको प्रस्ट पारे ।  
 
नेता नेपालले निर्मला बलात्कार घटनाका दोषीलाई दण्डित गर्न सरकारसँग माग गरे । भ्रष्टाचारलाई ढाकछोप नगर्न सुझाव दिँदै नेता नेपालले कोरोनाको प्रभावकारी उपचार व्यवस्थापन गर्न तथा सुशासन अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
 
नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये आफूहरुको पक्षमा ३०० सदस्य रहेको दाबी गर्दै उनले भने, “अर्को पक्षसँग १०० जना रहेकाले त्यो पार्टी नक्कली हो, जहाँ ३०० सदस्य छन् सूर्य चिह्न पनि त्यसकै हुन्छ ।” उनले जनता लोकतन्त्र र प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा रहेको बताए ।