मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘युवा निराश छन्, उद्यममा जोड गरौँ’ : विनोद चौधरी

‘युवा निराश छन्, उद्यममा जोड गरौँ’ : विनोद चौधरी


हेटौँडा । चर्चित उद्योगी विनोद चौधरीले पछिल्ला समय युवाहरुमा नैराश्यता बढेकोले उद्यमशील बनाउनुपर्ने बताएका छन् । 
हेटौँडामा कर्मभूमि समाजले गरेको ‘नेपाली कांग्रेस : लगानी पूर्वाधार र रोजगार’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता चौधरीले देशमा राजनीतिक भाषण गर्नेहरुभन्दा गरिखानेहरुको बाहुल्यता आवश्यक रहेको भन्दै यसका लागि नेपाली कांग्रेसले ‘गरिखाने अभियान’ सञ्चालन गरिरहेको बताए । अर्बपति चौधरीले नेपाली कांग्रेस गरिखानेहरुको बाहुल्यता भएको वातावरण सिर्जना गर्न अघि बढेको बताए ।
 
कार्यक्रममा कांग्रेसका पूर्वसांसद् उमेश श्रेष्ठ, कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले अब जनतालाई उद्यमशीलतातर्फ अग्रसर गराई आत्मनिर्भर बनाउने योजनाका साथ कांग्रेस अघि बढ्ने बताएका थिए ।
 
कार्यक्रममा गरिखाने अभियानका प्रमुख कार्यकारी अधिकृत राजु नेपालले सहजीकरण गरेका थिए । कार्यक्रममा मकवानपुरका विभिन्न क्षेत्रमा उद्यम गर्नका लागि संस्था दर्ता गरेका युवाहरुको सहभागिता रहेको थियो ।