कला

संगीतकर्मी मिन गुरुडको सुन्तलाको फुल सार्वजानिक

प्रकाशित |
संगीतकर्मी मिन गुरुडले सुन्तलाको फुल नामक गीत सार्वजानिक भएको छ । गायिका विना भट्टराई र आफनै स्वरमा रहेको यो गीतलाई अहिलेका चर्चित युवा गीतकार एवं संगितकार दिपक शर्माले लेखेका हुन् । भिडियोको व्यवसायिक उत्पादन गरेका गुरुड संगीतकार र गीतकारको परिचयबाट चिनिन्छन् । दशकलामो संगीत यात्रामा रहेका गुरुड चर्चित नेपाल आइडल रियालिटी शोमा संलग्न संगीतकर्मी हुन् ।

सुन्तलाको फुल नामक उक्त गीतको भिडियोलाई पछिल्लो समय धेरैले मन पराएका निर्देशकद्धय लक्ष्मी बर्देवा र जिवन भट्टराईले गरेका छन् । गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्ट प्रालीबाट गत विहिबार सार्वजानिक भएको हो । 

अन्तर्रजातिय प्रेम कथासमेत समेटिएको गीतको भिडियोको सहनिर्देशन सागर दाहालले गरेका हुन् भने बुद्ध थापाको छायाँकन रहेको छ । गायक मिन गुरुड र निर्देशक लक्ष्मी बर्देवाको अभिनय रहेको उक्त भिडियोको सम्पादन विष्णु खड्काले गरेका छन् । इनाक्षी इन्टरटेनमेन्ट प्रालीले सार्वजानिक गरेको सुन्तलाको गीतको भिडियो लक्ष्मी बर्देवाका वेजोड अभिनय हेर्न सकिन्छ भने उनलाई साथ दिएका मोडल मिन गुरुडको अभिनयलाई पनि दर्शकहरुले निकै मन पराएका छन् । गीतको लोकप्रियता सामाजिक सन्जालमा छाएका अडियो भिडियोहरुले पुष्टि गरेका छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया