मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको


काठमाडौँ । नेपालमा पछिल्लो परीक्षण अवधिमा कोभिड–१९ को सङ्क्रमण ३०३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा चार हजार ५७४ को परीक्षण गर्दा ३०३ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये १३० महिला र १७३ पुरुष रहेका छन् । 
 
आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ७० हजार ९२  पुगेका छन् । काठमाडौँ उपत्यकामा १७२ जना सङ्क्रमित फेला पारेका छन् । फेला परेकामध्ये महिला ७४ र पुरुष ९८ जना रहेका छन् । 
 
यस्तै सङ्क्रमणबाट निको भएर आज २८५ जना घर फर्किएका छन् । अहिलेसम्म दुई लाख ६४ हजार ८२३ जना निको भएर घर फर्किएका छन् । निको हुने दर ९८।१ प्रतिशत रहेका छ । यस्तै कोभिड–१९ सङ्क्रमितमध्ये ७४९ जना सघन उपचार कक्ष९आइसियु० र १३९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।  
 
आइसियूमा प्रदेश नं १ का १४ जना, प्रदेश–२ का एक जना, वागमती प्रदेशका ४११  जना, गण्डकी प्रदेशका २८ जना, लुम्बिनी प्रदेशका १९२ जना, कर्णाली प्रदेशका छ जना र सुदूरपश्चिम प्रदेशका ९७ जना रहेका छन् । यस्तै भेन्टिलेटरमा प्रदेश–१ का चार जना, वाग्मती प्रदेशका ४४ जना, गण्डकी प्रदेशका ६२ जना, लुम्बिनी प्रदेशका २७ जना तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷एक जना रहेका छन् ।  
 
यसैगरी, सङ्क्रमणबाट आज एकै दिन छ जनाको निधन भएको छ । अहिलेसम्म निधन हुनेको सङ्ख्या दुई हजार १७ पुगेको छ । नेपालमा प्रति १० लाखमा ६९ प्रतिशत सङ्क्रमितको निधन हुने गरेको छ । यस्तै ५०० भन्दा बढी सङ्क्रमित हुने काठमाडौँ जिल्ला मात्र रहेको छ ।   
 
यस्तै सङ्क्रमित शून्य हुने जिल्ला कालिकोट, रुकुम पश्चिम र मुगु रहेका छन् । यसैगरी संस्थागत आइसोलेसनमा दुई हजार ५०३ र १२२ जना क्यारेन्टिनमा रहेका छन् । रासस