मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘नागरिक समाजको प्रदर्शनमाथि गरिएको बल प्रयोग दुःखद्’

‘नागरिक समाजको प्रदर्शनमाथि गरिएको बल प्रयोग दुःखद्’


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नागरिक समाजको शान्तिपूर्ण प्रदर्शनमाथि गरिएको बल प्रयोगको घटना दुःखद् भएको जनाएको छ । 
 
नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ विज्ञप्तिमार्फत संविधान र लोकतन्त्रको रक्षाका लागि सचेत नागरिकले चालेको अग्रगमनको रक्षाका लागि भएको प्रदर्शनमाथि बल प्रयोगको विरोध गर्दै संविधान, प्रतिनिधिसभा र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजले देखाएको अग्रसरता र सङ्घर्षशीलताप्रति ऐक्यबद्धता  प्रकट गरेका छन् । 
 
सोमबार निषेधित क्षेत्रमा प्रवेश गरेको जनाई प्रहरीले नागरिक समाजका अगुवामाथि बालुवाटार क्षेत्रमा पानीको फोहरा हान्दा केही सहभागी घाइते भएका थिए । 
 
वक्तव्यमा आन्दोलनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । शान्तिपूर्ण रुपले विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा त्यस्ता कार्यक्रममा हस्तक्षेप नगर्न अध्यक्षद्वयले सरकारलाई आग्रह गरेका छन् । 
  
यसैबीच, नागरिक आन्दोलनमा गम्भीर घाइते भएका निर्घराज जैसीको स्वास्थ्यावस्थाका बारेमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी लिई स्वास्थ्यलाभको कामना गरेको उनका सहयोगी सुरेशकाजी श्रेष्ठले जानकारी दिए । रासस