मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता

प्रधानमन्त्रीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी चारवटा मुद्दा दायर गरिएको छ ।  वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतको अवहेलना मुद्दा दर्ता गरेका छन् ।  
 
त्यस्तैगरी, अधिवक्ता राजाराम घिमिरेले पूर्वसभामुख दमनाथ ढुङ्गानाविरुद्ध र अधिवक्ता लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र मीनबहादुर रायामाझीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।  
 
प्रतिनिधिसभा विघटनको अदालतको विचाराधीन विषयलाई लिएर स्वतन्त्र न्यायपालिकाको कार्यसम्पादनमा अवरोध पु¥याएको उल्लेख गर्दै उक्त मुद्दा दायर गरिएको छ । अदालतको अवहेलनामा दोषी ठहर भएमा एक वर्ष कैद सजाय वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । रासस