मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

पहिलो चरणमा चार प्रदेशमा निष्पक्ष निर्वाचन : प्रधानमन्त्री ओली

पहिलो चरणमा चार प्रदेशमा निष्पक्ष निर्वाचन : प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित हुनेगरी सम्पन्न हुने दाबी गरेका छन् । मुलुक निर्वाचनको तयारीमा लागेको भन्दै उनले सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको जिकिर गरेका छन् ।
 
सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले अगामी वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहनेसमेत उल्लेख गरे । 
 
ओलीले पहिलो चरणमा प्रदेश नं २ सहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश नं १ सहित बागमती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए । “यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु ।” उनले भने । 
 
उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह गरेका छन् । अहिलेको अवस्थामा केही तत्वबाट विभिन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ ध्यानाकर्षण गराउँदै उनले घटना घट्नुअघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन दिए । यसका लागि अन्य सुरक्षाकर्मीसँग समन्वय गर्न पनि उनले सुझाव दिए ।  
 
ओलीले लोकतन्त्रलाई सहजरुपमा अघि बढ्न नदिने चेष्टाका झलक देखिन थालेको बताए । उनले कुनै पनि अवाञ्छित गतिविधि गर्ने तत्वप्रति सजक रहँदै यसको सामनाका लागि तयार रहन पनि आग्रह गरे । 
 
यसैबीच, ओलीले यही माघ १४ गतेबाट कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिए । यसका लागि समूह तयार पारिसकेको उनले बताए ।
 
मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले पहिलो चरणमा अग्रभावमा रहेर कोभिड–१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन ओलीले सबैमा आग्रह गरे । रासस
 

शेयर गर्नुहोस:

0
Shares