मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा थप ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ३०९ नमूना परीक्षण गर्दा २९६ पुरुष र १९२ महिलामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 
 
सङ्क्रमितमध्ये १२९ महिला र १५८ पुरुष गरी ३१४ जना काठमाडौँ उपत्यकाका छन् । हालसम्म दुई लाख ६५ हजार २६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
 
बितेको २४ घन्टामा ५२७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५८ हजार ९६८ पुगेको छ । यससँगै कोरोना सङ्क्रमणमुक्त हुनेको दर ९७.६ प्रतिशत पुगेको छ । 
 
चार हजार ३७३ जना सङ्क्रमित आइसोलेशनमा छन् । आज १० जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा हालसम्म कोरोनाबाट एक हजार ९२७ जनाले ज्यान गुमाएका छन् ।