मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न दाहाल–नेपाल समूहको आग्रह

अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न दाहाल–नेपाल समूहको आग्रह


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सरकारसँग आग्रह गरेको छ । 
 
सो समूहको आज बसेको सचिवालय बैठकले प्रतिनिधिसभाको विघटनका विषयलाई लिएर विभिन्न तह र तप्काले दिएको वक्तव्यलाई लिएर सरकारका तर्फबाट गरिएको  व्यवहारप्रति आपत्ति जनाएको छ ।
 
चार पूर्वप्रधानन्यायाधीशले शुक्रबार संयुक्त वक्तव्यमार्फत प्रतिनिधिसभाको विघटनमा संविधानको कुनै धारा पनि आकर्षित नभएको बताएका थिए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वप्रधानन्यायाधीशले नागरिकको हैसियतमा बोलेको जनाउँदै संविधानप्रदत्त धारणा राख्ने नागरिकको अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरे । उनले भने, “आफूलाई लागेका अभिव्यक्ति दिने हक सबैलाई छ ।”
 
बैठकले बुद्धिजीवी, प्रबुद्ध व्यक्तित्व, सचेत नागरिक र कलाकारलाई प्रतिनिधिसभा विघटनविरुद्ध एकजुट भएर लड्न आह्वान गर्दै घोषित सङ्घर्षका कार्यक्रम थप प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ ।  सो समूहले गण्डकी प्रदेशमा  
मङ्गलबार बृहत् कार्यकर्ता भेला आयोजना गरेको छ ।
 
राज्यको साधन स्रोतबाट सञ्चालित सञ्चारमाध्यम निष्पक्ष नभएकामा बैठकले गुनासो गर्दै जनताको आवाज प्रतिनिधित्व गर्ने राष्ट्रियसभाको बैठक अन्त्य गर्ने काम गरिएकामा विरोध गरेको छ । रासस