नेपाल

पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति अशोभनीय : नेता खतिवडा

पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति अशोभनीय : नेता खतिवडा


चितवन । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वप्रधानन्यायधीशले विज्ञप्ति निकाल्नु अशोभनीय भएको बताएका छन् ।   
  
चितवनमा पत्रकारसँग कुरा गर्दै उनले अदालतमा विचाराधीन मुद्दालाई बाहिरबाट प्रभावित पार्ने गरी कसैले पनि काम गर्न नहुने बताए ।  
 
प्रतिनिधिसभा भङ्ग भएका विषयमा पूर्वप्रधानन्यायाधीशले जारी गरेको विज्ञप्तितर्फ केन्द्रित हुँदै पूर्वसांसद खतिवडाले प्रश्न गरे, “सम्मानित पूर्वप्रधानन्यायाधीशप्रति केही गुनासो छैन तर यो संयुक्त वक्तव्य जारी गर्ने बेला हो कि होइन ?” यसरी विज्ञप्ति निकाल्दा न्यायपालिकाको गरिमा र स्वतन्त्र न्यायसम्पादनमा अप्ठ्यारो पर्छ भन्नेतर्फ पनि सोच्न जरुरी रहेको उनले बताए । 
  
फरक प्रसङ्गमा युवा नेता खतिवडाले कांग्रेस अहिलेको अवस्थामा सरकारमा जान नहुने बताउँदै भने, “एउटा शक्तिलाई पाँच वर्ष सरकार चलाऊ भनेर जनताले पठाएकाले अहिले कांग्रेस सरकारमा जानु हुँदैन ।”  कांग्रेस सरकारमा जान्छ तर निर्वाचन जितेर जान्छ । अहिलेको अवस्थामा होइन ।” 
  
प्रतिनिधिसभा पुनःबहाली भएमा सांसद् किनबेच सुरु हुने विचार गर्दै उनले निर्वाचनको विकल्प नरहेको बताए । उनले भने, “संसद् पुनःबहाली भयो भने संयुक्त सरकार हुन्छ । फेरि सांसद् किनबेच सुरु हुन्छ । कांग्रेसको साथ नलिई कसैले सरकार बनाउन सक्दैन ।”   
   
कांग्रेसले वडावडामा जानू भनेर कार्यकर्तालाई खटाउनु नै निर्वाचनको तयारी भएको उनको भनाइ थियो ।
 

शेयर गर्नुहोस:

54
Shares