प्रवास

उत्तर कोरियाली नेता किमद्वारा अमेरिकालाई सत्रुतापूर्ण नीतिको अन्त्य गर्न आग्रह

प्रकाशित |
प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ अनले अमेरिकालाई आफ्नो देशप्रतिको सत्रुतापूर्ण नीतिको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । 
 
उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएका अनुसार उत्तर कोरियाली नेता अनले अमेरिकालाई आफ्ना देशका विरुद्ध अमेरिकाले पहिलेदेखि नै सत्रुतापूर्ण नीति लिएकोले त्यसको अन्त्य गर्नुपर्ने बताएका हुन् । अमेरिकामा नयाँ राष्ट्रपति जो वाइडेनले कार्यभार सम्हाल्न लाग्दा उनको सो भनाइलाई अर्थपूर्णरुपमा लिइएको छ । 
 
उत्तर कोरियाली सत्तारुढ पार्टीको आठौँ काँग्रेस बैठकमा नेता अनले सो कुरामा जोड दिएको शनिबार सो समाचार समितिलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनले अमेरिकाले उत्तर कोरियासँगको सत्रुतापूर्ण नीतिको अन्त्य गरेपछि मात्र उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध आगामी दिनहरुमा सहज हुने बताएका हुन् । 
 
अमेरिकामा डोनाल्ड ट्रम्पले निर्वाचन हारेर जो बाइडेन नयाँ राष्ट्रपतिका रुपमा निर्वाचित भएका छन् । तर, पनि अहिलेसम्म उत्तर कोरियाली नेताले भने अमेरिकी निर्वाचन र त्यसपछिको नेतृत्वका बारेमा कुनै प्रतिक्रिया दिएका थिएनन् । 
 
उत्तर कोरियाली नेता किमले यही जनवरी २० मा अमेरिकाको राष्ट्रतिमा जो बाइडेन नियुक्त हुन लागेको केही दिनमात्रअघि शनिबार यस्तो प्रतिक्रिया दिएका हुन् । उनले दक्षिण कोरियाका बारेमा पनि यस्तै प्रतिक्रिया दिएका थिए । दक्षिण कोरियाले पनि आफ्नो देशप्रतिको विगतको जस्तो सत्रुतापूर्ण सम्बन्धको नीति नलिने हो भने दक्षिण कोरियासँगको सम्बन्ध पनि तीन वर्षअघिको जस्तै अवस्थामा पुग्ने बताएका थिए ।  
 
उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच तीन वर्षअघि उच्चस्तरीय वार्ता पनि भएको थियो । त्यस वार्ताको समन्वय दक्षिण कोरियाले गरेको थियो । त्यसैले गएका कैयौँ दशकपछि पछिल्लो पटक करिब तीन वर्षअघि भने उत्तर कोरिया र दक्षिण कोरियाबीचको सम्बन्धमा सुधार आएको थियो । एजेन्सी
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया