मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

वर्तमान सरकारको नेतृत्वमा समाजवाद आउँदैन : अध्यक्ष नेपाल

वर्तमान सरकारको नेतृत्वमा समाजवाद आउँदैन : अध्यक्ष नेपाल


सिरहा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि मुलुक संकटमा धकेलिएको बताएका छन् ।  
 
सिरहास्थित कर्जन्हा नगरपालिकाको बस्तीपुरमा आयोजित किसान नेता जयगोविन्द साहको ३१ औंँ स्मृतिसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ‘सरकार पूँजीवादको बाटो समाएर अगाडि बढिसकेकाले’ वर्तमान नेतृत्वमा समाजवाद आउन नसक्ने बताए । 
 
उनले ‘पार्टी हितविपरीत गतिविधि देखाएकाले’ प्रधानमन्त्रीलाई कारबाही गरिएको स्पष्ट पारे ।  ‘पार्टीलाई एकताको भावनानुरुप तथा विधि र पद्धतिअनुरुप अघि बढाउन आग्रह गर्दा अध्यक्ष केपी शर्मा ओली त्यसविपरीत अघि बढ्न चाहेकाले यस्तो परिस्थिति आएको’ उनको भनाइ थियो । 
 
सभामा पूर्वशिक्षामन्त्री तथा नेकपा स्थायी कमिटीका सदस्य गिरिराजमणि पोखरेलले प्रतिनिधिसभा विघटन संविधान र जनताको भावनाविपरीत भएको बताउँदै सभा पुनःस्थापना हुने जिकिर गरे ।  
 
कर्जन्हा–५ का किसान नेता साहको २०४७ पुस २५ गते भारतमा निधन भएको थियो । पञ्चायतविरोधी आन्दोलनमा लालेका उनको शवसमेत तत्कालीन सरकारले नेपाल ल्याउन दिएको थिएन । रासस