मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

ताजा जनादेशमा जान कांग्रेस डराउँदैन : नेता केसी

ताजा जनादेशमा जान कांग्रेस डराउँदैन : नेता केसी


हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले कम्युनिस्ट सरकारले लोकतन्त्रमाथि नाङ्गो हस्तक्षेप गरेको भन्दै अब कांग्रेसले त्यसकोविरुद्ध जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन् । 
 
नेपाली कांग्रेसले शनिबार सरकारविरुद्ध देशभरका ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा सरकारविरुद्ध गरेको प्रदर्शन तथा सभाअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ (ख) को हेटौँडामा भएको विरोध सभामा बोल्दै केसीले कांग्रेस ताजा जनादेशमा जान नडराउने तर, संविधानविरुद्ध भएको ठाडो हस्तक्षेप भने सहेर नबस्ने बताएका हुन् ।
 
‘धतुरोको बोट रोपेर सुन्तला खान पाइँदैन । कम्युनिस्टको बोट रोपेर लोकतन्त्र बच्दैन भन्ने उदाहरण प्रस्तुत भएको छ । यत्रो झण्डै बहुमत प्राप्त सरकार अहिले प्रहसनको पात्र भइराखेको छ’, केसीले भने, ‘कहिले बिरालाको उखान दिएर कहिले लाटोकोसेरोको उखान दिएर कहिले गधाका उखान दिएर दुनियाँलाई हँसाउने शिवाय कुनै काम भएन । लाखौँ जनता भोकमरी, बेरोजगारीबाट पिल्सिएका छन् । महङ्गीको मारमा छन् ।’ 
 
निरकुंशताको सोच बोकेर लोकतान्त्रिक शासन पद्धति फस्टाउन नसक्ने भन्दै केसीले भ्रष्टाचार र मनपरीतन्त्रको विरुद्धमा जस्तोसुकै कदम चाल्न कांग्रेस तयार रहेको बताए ।  
 
१९०३ भदौ ३१ गते जंगबहादुरले महारानी राज्यलक्ष्मीको आडमा कोतपर्व मच्चाएको स्मरण गर्दै केसीले २०१७ सालमा राजाले संविधानकै एउटा धारा दुरुपयोग गरेर संसद्लाई विघटन गरे जसरी अहिले त्यही यात्रामा ओली सरकार अघि बढेको आरोप उनले लगाए । 
 

शेयर गर्नुहोस:

0
Shares