मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एउटा सन्की शासकले संविधानमाथि बञ्चरो चलाउँदा चुप लाग्न सकिँदैन : डा. भट्टराई

एउटा सन्की शासकले संविधानमाथि बञ्चरो चलाउँदा चुप लाग्न सकिँदैन : डा. भट्टराई


काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई सन्की शासकको रुपमा चित्रित गर्दै एउटा सन्की शासकले संविधानमाथि बञ्चरो चलाउँदा चुप लागेर बस्न नसकिने बताएका छन् ।
 
चार पूर्वन्यायाधीशहरुले संसद विघटनबारे संयुक्त विज्ञप्ति निकालेर मुख खोलेपछि उनले एक ट्वीट सन्देशमार्फत् यस्तो प्रतिक्रिया दिएका हुन् । ‘चार पूर्वप्रधानन्यायाधीशहरूले गम्भीर राष्ट्रिय मुद्दामा मुख खोल्नु ऐतिहासिक महत्त्वको परिघटना हो,’ उनले भनेका छन्, ‘जब देशको मूल कानून भनिने संविधानमाथि एउटा सन्की शासकले बन्चरो चलाउँछ त्यतिबेला कुनै सचेत नागरिक चूप बस्न सक्दैन, हुॅदैन ।’
 
उनले प्रधानमन्त्री ओली प्रतिगमनको विरुद्ध प्रतिरोध गर्न आह्वानसमेत गरेका छन् । ‘सबैले आआफ्नो ठाउँबाट ओली प्रतिगमनको प्रतिरोध गरौं । नत्र कलंक लाग्नेछ ।’