मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

थप ५५४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि

थप ५५४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि


काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय पाँच हजार २६९  जनाको स्वास्थ्य परीक्षण गर्दा १८८ महिला र ३६६  पुरुषलाई सङ्क्रमण पुष्टि भएको छ । 
 
आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार १५९  पुगेको छ । त्यस्तै पछिल्लो समय थप ५८५ निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ५७ हजार २२९ पुगेको छ । जसमा निको हुने दर ९७ दशमलव चार प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । 
 
अहिले देशभर पाँच हजार २१ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ३३८ जना क्वारेन्टिनमा रहेका छन् भने अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म १९ लाख ७४ हजार ५६१ को पिसिआर परीक्षण भएको छ ।  
 
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा २०७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ जसमा ९० महिला र ११७ पुरुष छन् ।  हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार ९०९ पुगेको छ भने पछिल्लो २४ घन्टामा थप छ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । रासस
 

शेयर गर्नुहोस:

27
Shares