मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ गते

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक माघ ६ गते


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ ६ गते बस्ने भएको छ । यसअघि यही पुस २७ गतेका लागि निर्धारित बैठक माघ ६ गते अपराह्न १ बजेका लागि तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 
यसैगरी कांग्रेसले  प्रतिनिधिसभा विघटनको कदमलगायतविरुद्ध जारी विरोध कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउने उद्देश्यले शनिबारदेखि विभिन्न कार्यक्रम गर्दैछ ।  
 
सासोअनुसार पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते  ७५३ पालिका र माघ ८ गते  छ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गरिने पार्टी कार्यालयले जनाएको छ । 
 
साथै, कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध एउटै निर्णय र प्रष्ट धारणासाथ सिङ्गो पार्टी एकमतका साथ आन्दोलनको मैदानमा रहेको स्पष्ट पारेको छ ।  
 
प्रतिनिधिसभा विघटन गरेकै दिन पुस ५ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमार्फत पार्टीको धारणा सार्वजनिक, पुस ६ गते सर्वदलीय बैठक आयोजना, पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी पुस ९ गते कार्यक्रम घोषणा गरेर पुस १३ गते १६५ सङ्घीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सम्पन्न गरिसकेको कांग्रेसले जनाएको छ । रासस
 

शेयर गर्नुहोस:

27
Shares