मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

महामारी फैलिएपछि जापानको राजधानी टोकियो क्षेत्रमा संकटकाल घोषणा

महामारी फैलिएपछि जापानको राजधानी टोकियो क्षेत्रमा संकटकाल घोषणा


टोकियो । कोरोना भाइरसको महामारी थप फैलिँदै गएपछि जापानको राजधानी टोकियोमा सङ्कटकाल घोषणा गरिएको छ । जापान सरकारले बिहीबार एक महिना लामो सङ्कटकाल घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन् । 
 
प्रधानमन्त्री योशिहिडा सुगाले सङ्कटको उच्चतम अवस्थामा पुग्न लागेकाले उच्च सतर्कता अपनाउनका लागि सङ्कटकाल लगाउनु परेको बताए । अहिले टोकियो क्षेत्रमा घोषणा गरिएको सङ्कटकाल शुक्रबारदेखि लागु हुने पनि जनाइएको छ । 
 
सङ्कटकालअन्तर्गत रेस्टुरेन्ट र बारहरुमा बेलुका ७ बजेपछि मादक पदार्थ बिक्री वितरणमा रोक लगाइएको छ भने यसको एक घन्टापछि उनीहरूको सेवा रातभरका लागि बन्द गर्न भनिएको छ । यो व्यवस्था अर्को सूचना जारी नहुँदासम्म लागू हुने अधिकारीहरुले बताएका छन् । 
 
प्रधानमन्त्री सुगाले बार तथा रेस्टुरेन्टमा नजान युवाहरुलाई विशेष अनुरोध गरेका छन् । टेकियोमा सङ्क्रमित भएकाहरूको उमेर अवस्था हेर्दा आधाभन्दा बढी तीन दशकभन्दा कम उमेरका भएको पाइएकाले पनि प्रधानमन्त्री सुगाले युवाहरुलाई विषेश आग्रह गरेका हुन् ।  
 
“सरकारको आग्रहलाई कृपया पालना गरिदिनु होला, तपाईंसँगै तपाईको बुवाआमा, हजुरबुवा हजुरआमा र साथीहरूको जीवन जोगाउनका लागि पनि यो आवश्यक छ,” उनले भने ।  
 
सरकारले टोकियोमा सकेसम्म क्रेताले फोनबाट माग गर्ने र बिक्रेताले उनीहरुले माग गरेको ठाउँमा पु¥याइदिने व्यवस्था हुनेगरी मात्रै व्यापार व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।  
 
जापानको राजधानी टोकियोमा दैनिक थप सङ्क्रमितको सङ्ख्या बढ्दै जाने क्रममा बिहीबार दुई हजार ४४८ जना थपिएका छन । देशभरी सात हजार ४९० जना सङ्क्रमित थपिएको पनि अधिकारीहरूले जनाएका छन् । जापानमा अहिलेसम्म तीन हजार ७०० भन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिको मृत्यु भएको छ । एजेन्सी