मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रुसका दस लाखलाई स्पुतनिक भी खोप दिइयो

रुसका दस लाखलाई स्पुतनिक भी खोप दिइयो


मस्को । रुसका दस लाखभन्दा बढी मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप स्पुतनिक भी खोप दिइएको छ । खोप उत्पादक संस्थाले खोप लगाइएकोसम्बन्धी विवरण सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक गरेको हो ।
 
कोरोनाभाइरस विरुद्धको खोप विकास गरिएको दाबी गर्नेमा रुस सबैभन्दा अगाडि थियो । जसले अगस्ट ११ मा खोप विकास गरिएको घोषणा गरेको थियो । त्यसपछि अन्य देशहरूले पनि विकास गरेको घोषणा गरेका थिए । 
 
खोपको प्रयोग भने सबैभन्दा पहिला बेलायतमा गरिएको घोषणा गरिएको थियो । त्यसपछि अरु देशहरूले पनि प्रयोगमा ल्याउने निर्णय गरेका थिए । तर अहिलेसम्मका सबै खोप आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न सुझाव दिइएको छ ।
 
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसमा विकास गरिएको खोप स्पुट्नीक भी ९५ प्रतिशतसम्म प्रभावकारी भएको यसअघि नै बताएका थिए । रुसकै केही स्वास्थ्य विषेशज्ञहरूले त यो खोप ९६ देखि ९७ प्रतिशतसम्म प्रभावकारी भएको दाबी गरेको पनि ट्वीटमा उल्लेख गरिएको छ । 
 
रुसी अरू विज्ञ अधिकारीहरूले पनि कोरोना विरुद्धका अन्य खोपको तुलनामा स्पुट्नीक भी बढी प्रभावकारी भएको दाबी गर्ने गरेका छन् । कोरोनाविरुद्धको खोप लगाउने क्रम चलिरहे पनि रुसमा सङ्क्रमित भएकाहरू थपिने क्रम पनि चलिरहेकै छ । 
 
कोरोनाकै कारण धेरै मानिस प्रभावित भएको मुलुकको सूचीमा रुस चौथो अग्रपङ्क्तिमा रहेको छ । रुसमा अहिलेसम्म ३३ लाख आठ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ५९ हजार ९५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।  
 
विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभरी अहिलेसम्म आठ करोड ६० लाखभन्दा बढी मनिस सङ्क्रमित भएका छन् । कोरोनाका कारण विश्वभर अहिलेसम्म १८ लाख ७० हजारभन्दा बढीको मृत्यु भएको छ ।  एजेन्सी