मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

द्वन्द्वपीडितको न्याय प्राप्तिको हक सुनिश्चित गर्न आयोगको आग्रह

द्वन्द्वपीडितको न्याय प्राप्तिको हक सुनिश्चित गर्न आयोगको आग्रह


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले गङ्गामाया अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका सहसचिव यज्ञप्रसाद अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारवाहीका लागि माग गर्दै आमरण अनसनमा रहेकी अधिकारीको तत्काल जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गरिएको छ । 
 
आयोगको वाग्मती प्रदेश कार्यालयले उहाँको जीवन रक्षाका लागि आवश्यक व्यवस्था र समन्वय गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । 
छोराको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राखी पछिल्लोपटक यही पुस ६ गतेदेखि वीर अस्पताल ट्रमा सेन्टरमा आमरण अनशनमा रहेकी अधिकारीको स्वास्थ्य अवस्था सम्बन्धमा बागमती प्रदेश कार्यालयले अनुगमन गरेको आयोगले जनाएको छ । आयोगले अनुगमनको क्रममा निजको स्वास्थ्य अवस्था कमजोर र गम्भीर बन्दै गएको पाइएको जनाएको छ ।
 
सो घटनाको अनुसन्धान गरी दोषीमाथि फौज्दारी अभियोगमा कारवाही चलाउन तथा पीडित परिवारजनलाई क्षतिपूर्ति उपलब्ध गराउन २०६४ चैत्र २३ गते नेपाल सरकारलाई सिफारीस गरेको आयोगले स्मरण गराएको छ । 
 
लामो समयदेखि किनारा नलागेको कृष्णप्रसादको हत्या प्रकरणजस्ता सशस्त्र द्वन्दकालीन मानव अधिकार हनन्का घटनाको सम्बन्धमा यथाशक्य छिटो छिनोफानो गर्न आवश्यक छ भएको र यसबाट मात्रै व्यक्तिको न्याय प्राप्तिको अधिकार समयमै सुनिश्चित हुने विज्ञप्तिमा छ ।
 

शेयर गर्नुहोस:

675
Shares