मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देश कमेडीले होइन, सोचले बन्छ : नेतृ झाँक्री

देश कमेडीले होइन, सोचले बन्छ : नेतृ झाँक्री


चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की केन्द्रीय नेतृ रामकुमारी झाँक्रीले देश कमेडीले होइन, सोचले बन्ने बताएकी छिन् । सोमबार भरतपुरमा आयोजित नेकपा प्रचण्ड–नेपाल समूहको नगरस्तरीय अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
 
‘प्रधानमन्त्रीले कमेडी गरिरहनु भएको छ, देश कमेडीले बन्ने होइन सोचले बन्ने हो’ नेता झाँक्रीले भनिन्, ‘देश बनाउन भ्रष्ट नहुने चरित्र चाहिन्छ । सबै स्रोत कब्जा गर्ने भ्रष्ट चरित्रले देश बन्दैन ।’ सत्तरी करोडको डिल भएको अडियो सार्वजनिक भएर भ्रष्टाचारमा मुछिएकालाई काखी च्याप्ने प्रधानमन्त्रीले भ्रष्टाचार हुन नदिने भन्नु नै हाँस्यास्पद भएको उनको भनाइ थियो । 
 
बाँचुञ्जेल शक्तिमा रहन प्रधानमन्त्री ओलीबाट संसद् विघटन भएको बताउँदै उनले भनिन्, ‘संसद् विघटन जघन्य राजनीतिक अपराध हो । संविधानले यो अधिकारै दिँदैन । संसद् विघटन राजनीतिक प्रश्न हो, सडकबाटै यसको छिनोफानो हुनेछ । संसद् विघटन संवैधानिक प्रश्न होइन, कानुनी प्रश्न हो । सर्वोच्चको फुल बेन्चमा यसलाई हेर्नुपर्छ ।’
 
केपी ओली र विद्या भण्डारीको सर्वसत्तावादविरुद्ध अगाडि बढ्न आह्वान गर्दै उनले भनिन्, ‘केपी कमरेड तपाईंको राजनीति रसातलमा पुग्यो । तपाईंसँग सेना, प्रहरी सबै छन् तर तपाईं कानुन मान्नु हुन्न । हामी मान्छौँ । सक्नुहुन्छ भन्ने थुन्नुहोस् हामीलाई । राजालाई त लखेट्यौँ, संसद् पुनस्र्थापना त होस्, विघटन गर्नेहरुमाथि पनि हिसाबकिताब हुनेछ ।’
 
ओली समूहबाट म्यादी केन्द्रीय सदस्य थप्ने काम भएको भन्दै नेता झाँक्रीले भनिन्, ‘पार्टी यसरी बन्दैन । पार्टी बन्न सबैभन्दा पहिले विचार चाहिन्छ । चिन्ह ठूलो कि राजनीति ठूलो ? भनेर विचार गर्नुहोस् । कम्युनिष्ट पार्टी मूल्यले बन्छ, विचारले बन्छ । चिन्ह जेसुकै भए पनि राजनीति ठूलो हो । लठैतहरुले तलाबन्दी गरेर पार्टी कब्जा त गर्लान् तर राजनीति रहेन भने ती पार्टी कार्यालय भूत बंगलामा परिणत हुनेछन् ।’