नेपाल

सोमबार थप ७४२ जनामा कोरोना सङ्क्रमण, १०७९ डिस्चार्ज

सोमबार थप ७४२ जनामा कोरोना सङ्क्रमण, १०७९ डिस्चार्ज


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ७४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ३५१ जनाको परीक्षण गर्दा ४४८ पुरुष र २९४ महिला गरी कूल ७४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ५४ हजार ५१४ पुगेको छ । 

Advertisement

यसैगरी पछिल्लो २४ घन्टामा एक हजार ७९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ४४ हजार ७४३ पुगेको छ । हालसम्म नेपालमा सात हजार ९७६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ३११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा २३५, ललितपुरमा ५५ र भक्तपुरमा २१ जना रहेका छन् । पछिल्लो २४ घन्टामा कोरोना सङ्क्रमणका कारण नेपालमा सात जनाको मृत्यु भएको छ । यससहित कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७९५ पुगेको मन्त्रालयले जनाएको छ । 

 

शेयर गर्नुहोस:

0
Shares