मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

आइतबार ८३० जनामा कोरोना संक्रमण, १५०० जना डिस्चार्ज, थप ९ जनाको मृत्यु

आइतबार ८३० जनामा कोरोना संक्रमण, १५०० जना डिस्चार्ज, थप ९ जनाको मृत्यु


काठमाडौँ । नेपालमा आइतबार कुल ५३६१ जनाको नमुना परीक्षण गरिएकोमा ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार आइतबार थप ९ सहित १६९८ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

पछिल्लो २४ घन्टामा थप १५०० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । जुन कुल संक्रमितको ९४.८९ प्रतिशत हो । 

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हालसम्म १८ लाख ४८ हजार ४२३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५१६ जना र आइसोलेसनमा १० हजार ९९४ जना रहेका छन् ।

 

शेयर गर्नुहोस:

0
Shares