मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

शनिबार ८९९ जनामा कोरोना संक्रमण, १३५९ जना डिस्चार्ज, थप १५ जनाको मृत्यु

शनिबार ८९९ जनामा कोरोना संक्रमण, १३५९ जना डिस्चार्ज, थप १५ जनाको मृत्यु


काठमाडौँ । नेपालमा शनिबार कुल ५२४२ जनाको नमुना परीक्षण गरिएकोमा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शनिबार थप १५ सहित १६८९ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

पछिल्लो २४ घन्टामा थप १३५९ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ३४ हजार २३१ पुगेको छ । जुन कुल संक्रमितको ९४.६० प्रतिशत हो । 

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हालसम्म १८ लाख २५ हजार ८६० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५१९ जना र आइसोलेसनमा ११ हजार ६७३ जना रहेका छन् ।

 

शेयर गर्नुहोस:

324
Shares