मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

बिहीबार १३४३ जनामा कोरोना संक्रमण, २१११ जना डिस्चार्ज, थप १३ जनाको मृत्यु

बिहीबार १३४३ जनामा कोरोना संक्रमण, २१११ जना डिस्चार्ज, थप १३ जनाको मृत्यु


काठमाडौँ । नेपालमा बिहीबार १३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बिहीबार थप १३ सहित १५५१ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

पछिल्लो २४ घन्टामा थप २१११ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख २० हजार २७२ पुगेको छ । जुन कुल संक्रमितको ९२.७१ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ५६१ जना संक्रमित थपिएका छन् । काठमाडौँका ४५५, ललितपुरका ८० र भक्तपुरका २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख १० हजार ८३५ पुगेको छ । जसमा काठमाडौँमा कुल ८९ हजार २८८ संक्रमित भएका छन् । यस्तै, ललितपुरमा १३ हजार ४९५ जना संक्रमित भएका छन् भने भक्तपुरमा ८ हजार ५२ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ९ हजार २८७ जनासहित हालसम्म १७ लाख ६३ हजार ९१९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५७६ जना र आइसोलेसनमा १५ हजार ७६६ जना रहेका छन् ।

 

शेयर गर्नुहोस:

27
Shares