मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार १४९० जनामा कोरोना संक्रमण, १५६७ जना डिस्चार्ज, थप ९ जनाको मृत्यु

बुधबार १४९० जनामा कोरोना संक्रमण, १५६७ जना डिस्चार्ज, थप ९ जनाको मृत्यु


काठमाडौँ । नेपालमा बुधबार १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बुधबार थप ९ सहित १५३८ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप १५६७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख १८ हजार १६१ पुगेको छ । जुन कुल संक्रमितको ९२.३४ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ७२३ जना संक्रमित थपिएका छन् । काठमाडौँका ५३१, ललितपुरका १३४ र भक्तपुरका ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख १० हजार २७४ पुगेको छ । जसमा काठमाडौँमा कुल ८८ हजार ८३३ संक्रमित भएका छन् । यस्तै, ललितपुरमा १३ हजार ४१५ जना संक्रमित भएका छन् भने भक्तपुरमा ८ हजार २६ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ८ हजार ३०० जनासहित हालसम्म १७ लाख ५४ हजार ६३० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ६०५ जना र आइसोलेसनमा १५ हजार ५४७ जना रहेका छन् ।