
तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माण हुन लागेको सभागृहको शिलान्यास गरेका छन् । तनहुँ जलविद्युत् आयोजना र ऋषिङ गाउँपालिकाको लगानीमा निर्माण हुन लागेको सभागृहको वरिष्ठ नेता पौडेलले शिलान्यास गरेका हुन् ।
सो अवसरमा वरिष्ठ नेता पौडेलले विकासका काममा काङ्ग्रेस सधैँ जनताको साथमा रहेको विकासनिर्माणका काममा राजनीतिक विभेद गर्न नहुनेमा जोड दिए । नेता पौडेलले संविधानको मर्मअनुसार चल्न पनि सरकारलाई आग्रह गरे ।
सो अवसरमा पूर्वमन्त्री शिवलाल थापा मगरले विकासनिर्माणमा राजनीतिक प्रतिशोध गर्न नहुने बताउँदै समयमै सभागृह निर्माण हुनुपर्नेमा जोड दिए । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले गाउँपालिकामा जनप्रतिनिधि आएपछि विकासनिर्माणको कामले गति लिएको बताए । काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले सभागृह निर्माणपछि ऋषिङलाई मात्रै नभई दमौलीलाई पनि फाइदा पुग्ने बताए ।
करिब रु दुई करोड लागत अनुमान गरिएको सभागृह निर्माणका लागि तनहुँ जलविद्युत् आयोजनाले रु ६० लाख सहयोग गरेको छ । ऋषिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले आवश्यक रकम गाउँपालिकाबाट विनियोजन हुने जानकारी दिए । एक हजार पाँच सय क्षमताको सभागृह दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रासस

हिमालय खबर -
- प्रतिनिधिसभा पुनःस्थापना नभए निर्वाचनमा जान्छौँ : अध्यक्ष यादव
- काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग
- जनताको सार्वभौमसत्तामाथि आक्रमण गर्नेविरुद्ध उत्रिन प्रचण्डको आग्रह
- ओलीले संसद् विघटन गर्दा देश गम्भीर सङ्कटमा : डा भट्टराई
- प्रतिनिधिसभा विघटन मुद्दा आज पनि हेर्दाहेर्दैमा
- इरानी राष्ट्रपतिद्वारा अमेरिकी राष्ट्रपतिको बिदाइमा स्वागत
- कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप
- दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क
- भारतमा एक करोड छ लाखमा कोरोना संक्रमण
- राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
प्रतिक्रिया