मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

प्रचण्डको १९ पानाको आरोपप्रति ओलीको ३८ पानाको जवाफ

प्रचण्डको १९ पानाको आरोपप्रति ओलीको ३८ पानाको जवाफ


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले लगाएको आरोपको लिखित जवाफ दिएका छन् । 

पुष्पकमल दाहाल प्रचण्डले यसअघि प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै १९ पानाको लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसको जवाफमा ओलीले ३८ पाना लामो प्रतिवेदन बैठकमा प्रस्तुत गरेका छन् । उनले शनिबार बालुवाटारमा बोलाइएको सचिवालय बैठकमा उक्त जवाफ पढेर सुनाए । 

Advertisement

गत २८ कात्तिकको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्रको खण्डन गर्दै ओलीले प्रस्तावमा महाधिवेशन आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने मुख्य अभिभारा भएका अन्तरिम कमिटीलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो नबनाउन आग्रह गरे । 

ओलीले प्रतिवेदनमा भनेका छन्, ‘हाम्रो विधान र नियमावली पनि अधिवेशनसम्म हामीलाई मार्गदर्शन गर्न बनाइएका अन्तरिम प्रबन्धहरू हुन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी(केन्द्र) का दुई अध्यक्षले सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता र एकीकरणका सम्पूर्ण काम सम्पन्न गर्न एकता महाधिवेशन गर्ने प्रयोजनका लागि सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका यी कमिटीहरुलाई महाधिवेशन÷अधिवेशन आयोजना गर्ने मुख्य उद्देश्यबाट बरालिन नदिऊँ ।’

उनले भनेका छन्, ‘तीन महिनाभित्र सक्ने भनिएको सङ्गठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रित बनौँ । विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ ।’

ओलीले प्रचण्डलाई युद्धकालमा लडेका योद्धालाई बिर्सिएको बताउँदै कुर्सीका लागि म्याराथुन कुद्ने तर विगतमा योगदान गरेका साथीलाई बिर्सिएको आरोप लगाए । 

‘सरकार र पार्टी नेतृत्व दुबैबाट मलाई हटाउने म्याराथुनमा कुँदिरहँदा कहिल्यै तपाईंको दिमागमा युद्धमा घाइते भएका, अझै पनि शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेका साथीहरुको दुखान्त तस्बिर आउँछ ? कहिल्यै यी साथीहरुलाई राहत र पुनःस्थापनाको विषय एजेण्डा बनाउनु भएको छ ?’, उनले उल्लेख गरेका छन् । 

प्रधानमन्त्री ओलीले नातावाद र राजनीतिक नियुक्तिका विषयमा उठाएको प्रश्नमा पनि प्रचण्डलाई एकान्तमा बसेर आफैँलाई हेर्न सुझाव दिएका छन् ।  

‘मलाई नातावादको निराधार आरोप लगाउनुपूर्व तपाईंले एकचोटि आफैँलाई नियालेर हेर्नु भएको भए हुन्थ्यो’,तपाईंले गर्नुभएको सिफारिसमा आन्दोलनमा योगदान र त्याग गरेका मान्छे परेका छन् किन अन्य ? न्यूनतम मानवीय सम्बन्ध र मर्यादालाई ध्यानमा राखेर तपाईंले मसँग उम्मेदवारी, मन्त्रिपरिषद् या राजनीतिक नियुक्तिमा भन्नुभएका सबै विषय अहिले सार्वजनिक गर्दिनँ । आज मात्र होइन, भोलि पनि मबाट यस्तो काम हुने छैन । तर तपाईंले एकछिन एकान्तमा बसेर, आफैतिर नियालेर हेर्नुस् त, हिजो कष्टपूर्ण यात्रामा साथ दिएका साथीहरुमाथि साँच्चै न्याय भइरहेको छ ?’

शेयर गर्नुहोस:

27
Shares