नेपाल

नेपालमा दुई लाख ३० हजार बढी संक्रमित, ९२ प्रतिशत डिस्चार्ज, १४५४ जनाको मृत्यु

नेपालमा दुई लाख ३० हजार बढी संक्रमित, ९२ प्रतिशत डिस्चार्ज, १४५४ जनाको मृत्यु


काठमाडौँ । नेपालमा शनिबार १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार शनिबार थप १९ सहित १४५४ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

पछिल्लो २४ घन्टामा थप ५१५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ११ हजार १८६ पुगेको छ । जुन कुल संक्रमितको ९१.५३ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ६४५ जना संक्रमित थपिएका छन् । काठमाडौँका ४८९, ललितपुरका १२४ र भक्तपुरका ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख ७ हजार ६६४ पुगेको छ । जसमा काठमाडौँमा कुल ८६ हजार ८५६ संक्रमित भएका छन् । जसमा ५३ हजार ४२७ जना पुरुष र ३३ हजार ४२९ महिला छन् ।    

यस्तै, ललितपुरमा ७ हजार १७८ जना पुरुष र ५ हजार ८३२ महिला गरी १३ हजार १० जना संक्रमित भएका छन् भने भक्तपुरमा ४ हजार ३७८ पुरुष र ३ हजार ४२० महिला गरी ७ हजार ७९८ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप ९ हजार ३६८ जनासहित हालसम्म १७ लाख १९ हजार ८२८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ६१८ जना र आइसोलेसनमा १८ हजार ८३ जना रहेका छन् ।

 

शेयर गर्नुहोस:

0
Shares