मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पुनःनिर्माणको काम दुई वर्षभित्र सकिने

पुनःनिर्माणको काम दुई वर्षभित्र सकिने


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका सांस्कृतिक तथा धार्मिक सम्पदा दुई वर्षभित्र पुनःनिर्माण गरिने बताएका छन् ।  

नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको नारायण चतुव्यूह नारायण मन्दिर प्रवेशद्धारको आज उद्घाटन गदै मन्त्री भट्टराईले भूकम्पबाट क्षति भएका एक हजार सम्पदामध्ये ५०० भन्दा बढी निर्माण सम्पन्न भएको र आउँदो दुई वर्षभित्र सबै पुनःनिर्माण गरीसक्ने बताए ।

मन्त्री भट्टराईले रानीपोखरी, दरबार हाइस्कुल, पाटन, पशुपति क्षेत्रलगायत अधिकांश क्षेत्रको पुनःनिर्माण सम्पन्न भएको बताउँदै २२ तले धरहराको पुनःनिर्माणको काम पनि १८ तलासम्मको सम्पन्न भएको जानकारी दिए ।  

सांस्कृतिक तथा धार्मिक सम्पदा मानव सभ्यताको प्रतीक भएको बताउँदै मन्त्री भट्टराईले मन्दिर, गुम्बा चैत्यको उचित संरक्षण गरिने बताए । उनले भने, “विभिन्न काल खण्डको इतिहास संरक्षण गर्दै युगौयुगसम्म बचाउनुपर्ने सरकारको दायित्व हो ।  

इतिहासमा के कस्तो काम भएका थिए, लिच्छवी काल र मल्लकालमा कस्तो थियो, ती सबै भावी पुस्ताले हेर्न तथा अध्ययन गर्न सक्नेगरी संरक्षण गर्न सरकार लागि परेको छ ।” पर्यटनमन्त्री भट्टराईले काठमाडौँको धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोडेर सर्किटको रुपमा विकास गरिने बताए । 

पूर्वमन्त्री एवं सांसद् गगनकुमार थापाले काठमाडौँको नागपोखरी आसपासमा रहेको सात वटा १०० वर्षभन्दा पुराना घरको संरक्षण गर्न सरकारसँग माग गरे । उनले पशुपतिदेखि नारायणहिटी दरबारसम्मका विभिन्न पुरातात्विक सांस्कृतिक सम्पदाको एउटै प्याकेज बनाएर संरक्षण गर्न अनुरोध गरे ।  

अर्का सांसद् भीमसेनदास प्रधानले नारायण मन्दिर लिच्छवीकालीन ऐतिहासिक मन्दिर भएको कारण यसको संरक्षण गरिनुपर्नेमा जोड दिए । रासस