चितवन । राप्ती नगरपालिकाको वडा नं ७ हर्दीचोकस्थित पूर्वपश्चिम राजमार्गमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश नं ३ ०३–००२ प ११८ नम्बरको मोटरसाइकललाई एन-एल-जिरो १ एल २४६० नम्बरको भारतीय ग्यास बुलेटले ठक्कर दिएको हो ।
ठक्करबाट राप्ती ५ का २२ वर्षका सचिन दनै र सोही वडाका ३० वर्षका नवराज दनैको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटना भएलगत्तै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । ठक्कर दिने ग्यास बुलेट र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया