
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् ।
सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा आज शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्कको उद्घाटन गर्दै उनले जनताले अहिले काँग्रेसलाई प्रतिपक्षमा बस्ने र नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले आफ्नो पार्टी विपक्षमै बस्ने बताएका हुन् ।
“प्रधानमन्त्रीलाई पार्टी सभापतिले भेटेको कुरालाई सत्ता सहकार्यसँग जोड्न मिल्दैन, काँग्रेस जनताले दिएको म्याण्डेटअनुसार प्रतिपक्षको भूमिकामा रहन्छ”, उनले भने । नेकपाभित्रको झगडामा काँग्रेसको कुनै सरोकार नरहने उनको भनाइ थियो ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले झण्डै दुई तिहाइ बहुमत पाएको वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताउँदै सरकारले सङ्घीयताको मर्म र भावनाविपरीत काम गर्दै आइरहेको आरोप लगाए । रासस

हिमालय खबर -
- प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तने खतरा : अध्यक्ष नेपाल
- प्रतिनिधिसभा विघटनको मुद्दा : टुङ्गियो क्षेत्राधिकार विवाद
- भूकम्पबाट बच्न र बचाउन दृढ सङ्कल्प आवश्यक : गृहमन्त्री
- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश
- वार्ताको माध्यमबाटै सीमा समस्या समाधान गर्ने नेपालको चाहना : परराष्ट्रमन्त्री ज्ञवाली
- सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ : अध्यक्ष तिमल्सिना
- निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : पूर्वप्रधानमन्त्री भट्टराई
- बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
- पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुन्छ : मन्त्री ढकाल
- राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
प्रतिक्रिया