
गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उनको एक वर्षीय छोराको मृत्यु भएको छ ।
दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङ प्रहरीचौकीका इञ्चार्ज प्रकाशसिंह भण्डारीले जानकारी दिए ।
प्रहरी निरीक्षक भण्डारीका अनुसार जीपमा सामान लाद्ने क्रममा गुडेर जीप दुर्घटना भएको हो । उद्धारका लागि प्रहरी घटनास्थलमा पुगेको छ । चालक रविलाल बुढाले सामान लाद्ने क्रममा जीप अचानक गुडेको थियो । चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ । रासस

हिमालय खबर -
- प्रतिनिधिसभा विघटनले राजनीतिक अस्थिरता निम्तने खतरा : अध्यक्ष नेपाल
- प्रतिनिधिसभा विघटनको मुद्दा : टुङ्गियो क्षेत्राधिकार विवाद
- भूकम्पबाट बच्न र बचाउन दृढ सङ्कल्प आवश्यक : गृहमन्त्री
- प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश
- वार्ताको माध्यमबाटै सीमा समस्या समाधान गर्ने नेपालको चाहना : परराष्ट्रमन्त्री ज्ञवाली
- सर्वोच्चको निर्णय सबैले मान्नुपर्छ : अध्यक्ष तिमल्सिना
- निर्वाचनले मात्र समस्याको समाधान हुँदैन : पूर्वप्रधानमन्त्री भट्टराई
- बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
- पर्यटन क्षेत्रका समस्या छिट्टै समाधान हुन्छ : मन्त्री ढकाल
- राजधानी बाहिर मुटुको उपचारमा अग्रणी बन्दै चितवन मेडिकल कलेज
प्रतिक्रिया