मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बुधबार थप २५६९ सहित संक्रमितको संख्या दुई लाख नाघ्यो, एकैदिन २६ जनाको मृत्यु

बुधबार थप २५६९ सहित संक्रमितको संख्या दुई लाख नाघ्यो, एकैदिन २६ जनाको मृत्यु


काठमाडौँ । नेपालमा बुधबार २५६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या दुई लाख २ हजार ३२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार मंगलबार थप २६ सहित एक हजार १७४ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप १६६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ६२ हजार २४३ पुगेको छ । जुन कुल संक्रमितको ८०.१९ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप १२६१ जना संक्रमित थपिएका छन् । काठमाडौँका ९७६, ललितपुरका २०४ र भक्तपुरका ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ९२ हजार ७३१ पुगेको छ । जसमा काठमाडौँमा कुल ७५ हजार ३१७, ललितपुरमा १० हजार ६७५ र भक्तपुरमा ६ हजार ७३९ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप १० हजार ८१ जनासहित हालसम्म १५ लाख ७४ हजार २९५ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ११०९ जना र आइसोलेसनमा ३८ हजार ९१२ जना रहेका छन् ।

देशभर २८ हजार ३९३ जना होम आइसोलेसनमा रहेका छन् संस्थागत आइसोलेसनमा रहेकामध्ये देशभर ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ३८२ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।