मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

थप २५७१ सहित कोरोना संक्रमितको संख्या दुई लाख नजिक, एकैदिन २२ जनाको मृत्यु

थप २५७१ सहित कोरोना संक्रमितको संख्या दुई लाख नजिक, एकैदिन २२ जनाको मृत्यु


काठमाडौँ । नेपालमा मंगलबार २७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या एक लाख ९९ हजार ७६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार मंगलबार थप २२ सहित ११४८ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घन्टामा थप ८५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ६० हजार ५७७ पुगेको छ । जुन कुल संक्रमितको ८०.३८ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप १४२० जना संक्रमित थपिएका छन् । काठमाडौँका ११४१, ललितपुरका १९३ र भक्तपुरका ८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ९१ हजार ४७० पुगेको छ । जसमा काठमाडौँमा कुल ७४ हजार ३४१, ललितपुरमा १० हजार ४७१ र भक्तपुरमा ६ हजार ६५८ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ र बाजुरा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा थप १२ हजार ९६० जनासहित हालसम्म १५ लाख ६४ हजार २१४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा १०५८ जना र आइसोलेसनमा ३८ हजार ३५ जना रहेका छन् ।

देशभर २९ हजार ७३४ जना होम आइसोलेसनमा रहेका छन् संस्थागत आइसोलेसनमा रहेकामध्ये देशभर ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने ४०४ जनाको आइसियूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।