नेपाल

सोमबार २९३३ जनामा कोरोना पुष्टि, एकैदिन २४ जनाको मृत्यु

सोमबार २९३३ जनामा कोरोना पुष्टि, एकैदिन २४ जनाको मृत्यु


काठमाडौँ । नेपालमा सोमबार २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ७६ हजार ५०० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३१५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ३७ हजार ९९२ पुगेको छ । जुन कुल संक्रमितको ७८.१८ प्रतिशत हो ।       

Advertisement

हाल क्वारेन्टाइनमा २ हजार ११९ र आइसोलेसनमा ३७ हजार ५२४ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप २४ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा थप १६३० जना संक्रमित थपिएका छन् । काठमाडौँका १३२९, ललितपुरका १९३ र भक्तपुरका १०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ७८ हजार ४९६ पुगेको छ । जसमा काठमाडौँमा कुल ६४ हजार ५४४, ललितपुरमा ९ हजार ७५ र भक्तपुरमा ५ हजार ८७७ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका प्रयोगशालामा थप १३ हजार ४४६ जनासहित हालसम्म १४ लाख ६९ हजार ८१२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । 

देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ६०० जना र होम आइसोलेसनमा ३० हजार ९२४ जना रहेका छन् । जसमा ७४ जनाको भेन्टिलेटरमा र २४७ जनाको आइसियूमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 

शेयर गर्नुहोस:

0
Shares