मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सोमबार २९३३ जनामा कोरोना पुष्टि, एकैदिन २४ जनाको मृत्यु

सोमबार २९३३ जनामा कोरोना पुष्टि, एकैदिन २४ जनाको मृत्यु


काठमाडौँ । नेपालमा सोमबार २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ७६ हजार ५०० पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ३१५० जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख ३७ हजार ९९२ पुगेको छ । जुन कुल संक्रमितको ७८.१८ प्रतिशत हो ।       

हाल क्वारेन्टाइनमा २ हजार ११९ र आइसोलेसनमा ३७ हजार ५२४ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप २४ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा थप १६३० जना संक्रमित थपिएका छन् । काठमाडौँका १३२९, ललितपुरका १९३ र भक्तपुरका १०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ७८ हजार ४९६ पुगेको छ । जसमा काठमाडौँमा कुल ६४ हजार ५४४, ललितपुरमा ९ हजार ७५ र भक्तपुरमा ५ हजार ८७७ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका प्रयोगशालामा थप १३ हजार ४४६ जनासहित हालसम्म १४ लाख ६९ हजार ८१२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । 

देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ६०० जना र होम आइसोलेसनमा ३० हजार ९२४ जना रहेका छन् । जसमा ७४ जनाको भेन्टिलेटरमा र २४७ जनाको आइसियूमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।