मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार ३५१७ जनामा कोरोना पुष्टि, ४०९६ जना डिस्चार्ज

शुक्रबार ३५१७ जनामा कोरोना पुष्टि, ४०९६ जना डिस्चार्ज


काठमाडौँ । नेपालमा शुक्रबार एकैदिन ३५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अद्यावधिक गरेको विवरणअनुसार हालसम्म कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ४०९६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या एक लाख २१ हजार ९५८ पुगेको छ । जुन कुल संक्रमितको ७६.६५ प्रतिशत हो ।   

हाल क्वारेन्टाइनमा २ हजार ६६६ र आइसोलेसनमा ३८ हजार ३५७ जना रहेका छन् । पछिल्लो २४ घन्टामा थप १६ जनासहित कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९२० पुगेको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा थप १८८८ जना संक्रमित थपिएका छन् । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ७३ हजार १५ पुगेको छ । जसमा काठमाडौँमा कुल ५९ हजार २४७, ललितपुरमा ८ हजार २७५ र भक्तपुरमा ५ हजार ४९३ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका प्रयोगशालामा थप १४ हजार ९८९ जनासहित हालसम्म १४ लाख ३४ हजार ५३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।