मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अग्रज पत्रकार रिमालको निधन

अग्रज पत्रकार रिमालको निधन


काठमाडौँ । अग्रज पत्रकार माधवकुमार रिमालको बुधबार निधन भएको छ । मैतीदेवीस्थित आफ्नै निवासमा दिउँसो उनको निधन भएको छोरी सरिता रिमालले जानकारी दिइन् । 

अङ्ग्रेजी पाक्षिक पत्रिका ‘स्पटलाइट’को करिब एक दशक उनी प्रकाशक एवं सम्पादक थिए । 

९६ वर्षीय रिमालसँग परराष्ट्र सेवामा रहँदा तत्कालीन पूर्वीपाकिस्तानमा नेपाली महावाणिज्यदूतका रुपमा काम गरेको अनुभव थियो । उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा बिहीबार बिहान अन्त्येष्टि गरिने छ ।

विसं २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड भएकै दिन तत्कालीन राजा वीरेन्द्रसँग भेटघाट गर्ने उनी अन्तिम पत्रकार थिए । उनका तीन छोरा र दुई छोरी छन् । रासस