मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्न इन्सेकको आग्रह

संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्न इन्सेकको आग्रह


काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले संविधानप्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर्दै जनताप्रति जवाफदेही तथा उत्तरदायी भएर कोभिड–१९ का सङ्क्रमितको परीक्षण तथा उपचारबारे निर्णय लिन सरकारसँग आग्रह गरेको छ ।

इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारले गत असोज १९ गते आर्थिक स्थिति भएका बिरामीको उपचार तथा परीक्षण शुल्क यही कात्तिक २ गतेदेखि बिरामी स्वयमले गर्नुपर्ने निर्णय गरेकामा त्यस्तो निर्णय फिर्ता लिन माग गरिएको छ । 

सरकारले होम आइसोलेसनमा मृत्यु भएकाको शव व्यवस्थापन परिवारजनले नै गर्नुपर्ने, मुचुल्का उठाउन जनप्रतिनिधि तथा प्रहरीलाई खबर गर्नुपर्ने अर्को निर्णय र कोरोनाले महामारीको रूप लिँदै समुदायस्तरमा पुगेको जनस्वास्थ्यविद्को भनाइ आइरहँदा सरकारले जिम्मेवार भएर निर्णय गर्नुपर्ने इन्सेकले जनाएको छ ।

संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकअन्तर्गत नागरिकले राज्यका तर्फबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, त्यस्तो सेवा प्राप्त गर्न वञ्चित नगरिने, त्यस्तो सेवा तथा उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने उल्लेख छ । 

सर्वोच्च अदालतले गत असोज १५ गते पिसिआर परीक्षण तथा उपचार निःशुल्क गर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । रासस