मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

क्वारेन्टिनबाट सात संक्रमित भागेपछि गाउँमा त्रास

क्वारेन्टिनबाट सात संक्रमित भागेपछि गाउँमा त्रास


डोटी । शिखर नगरपालिका वडा नं १ कपल्लेकीको क्वारेन्टाइनमा राखिएका १६ जनामध्ये सात जना भागेर घर गएका छन् । छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशै, तिहार मनाउन घर फर्किएका १६ स्थानीयलाई उक्त वडाको केदारेश्वर माध्यामिक विद्यालयको क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टिन राखिएकामध्ये १२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । सङ्क्रमित १२ मध्येका सात जना घर भागेर घर गएपछि अहिले गाउँमा त्रास फैलिएको छ । 

शनिबार १६ जनाको स्वाब सङ्कलन गरी मङ्गलबार परीक्षण गर्दा १२ जनामा कोरोना सङ्क्रमण देखिएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए । उनले भने, “स्वाब परीक्षणको रिपोर्ट आउनुभन्दा पहिले नै सात जना भागेर घर गएछन्, उनीहरुमा कोरोना देखियो, गाउँमा त्रास फैलिएको छ ।”

शिखर नगरपालिका वडा न। १ कपल्लेकीको क्वारेन्टिनमा राखिएका १६ जना मध्ये सात जना भागेर घर गएका छन् । 

छिमेकी मुलुक भारतबाट रोजगारी गरी दशै, तिहार कोरोना सङ्क्रमित भएकाहरु गाउँमा गएपछि अहिले सो वडाको सेरी गाउँलाई सिल गर्ने निर्णय गरेको शिखर नपरपालिकाका नगरप्रमुख सीताराम जोशीले बताए । उनले भने, “ गाउँमा अरुलाई सङ्क्रमण नहोस् भनेर गाउँ नै सिल गछौँ ।” रासस