मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार २०७१ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२ जनाको निधन

आइतबार २०७१ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२ जनाको निधन


काठमाडौँ । नेपालमा आइतबार २०७१ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।   

उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ । पछिल्लो २४ घन्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ ।  

एकैदिन कोरोना संक्रमण निको भई १५५२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ । जुन कुल संक्रमितको ७०.३५ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप १३१६ जना संक्रमित थपिएका छन् । काठमाडौँका ११४५, ललितपुरका १६१ र भक्तपुरका ११० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ४० हजार ८३७ पुगेको छ । जसमा काठमाडौँमा कुल ३१ हजार २६३, ललितपुरमा ५ हजार १४९ र भक्तपुरमा ३ हजार २५८ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १२ हजार ४२७ जनासहित हालसम्म ११ लाख ७६ हजार ९८४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ६१३ जना क्वारेन्टाइनमा र ३१ हजार ३१५ जना आइसोलेसनमा रहेका छन् ।   

सक्रिय सङ्क्रमितमध्ये १७ हजार ६६६ जना होम आइसोलेसनमा र १३ हजार ६४९ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार देशभर ३२९ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ७६ जना भेन्टिलेटरमा उपचाररत छन् ।