मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

प्राडा केसीका मागका विषयमा वार्ता सुरु

प्राडा केसीका मागका विषयमा वार्ता सुरु


काठमाडौँ । २५ दिनदेखि अनशनरत प्राडा गोविन्द केसीका मागका सम्बन्धमा सरकारी वार्ता टोली र उनका प्रतिनिधिबीच वार्ता सुरु भएको छ ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुवै टोलीबीच वार्ता सुरु भएको डा केसीका तर्फबाट सहभागी नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए । 

Advertisement

उनीसँग वार्ता गर्न सरकारले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सरकारी टोलीमा सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा दिलीप शर्मा सहभागी छन् ।  

सरकारले टोली गठन गरेलगत्तै डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो । उक्त टोलीमा डा अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्की सहभागी छन् ।  

चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा केसीले भदौ २९ गते जुम्लाबाट अनशन सुरु गरेका थिए । यो उनको १९औँ अनशन हो । डा केसीले चिकित्सा शिक्षा सुधारका विषयमा ६ बुँदे माग प्रस्तुत गरेका छन् ।  

अनशन सुरु भएको एक हप्तापछि उनलाई सरकारले जुम्लाबाट काठमाडौँ ल्याएको थियो । डा केसीको जीवन रक्षाको माग गर्दै मुलुकका विभिन्न क्षेत्रमा प्रदर्शन भइरहेको छ । 

 

शेयर गर्नुहोस:

405
Shares