मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

काठमाडौँ उपत्यकामा २५४० सहित ४३६४ जनामा कोरोना संक्रमण

काठमाडौँ उपत्यकामा २५४० सहित ४३६४ जनामा कोरोना संक्रमण


काठमाडौँ । नेपालमा बिहीबार हालसम्मकै बढी अर्थात् ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।  

एकैदिन कोरोना संक्रमण निको भई २६७५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । जुन कुल संक्रमितको ७२.३४ प्रतिशत हो ।    

Advertisement

काठमाडौँ उपत्यकामा थप २५४० जना संक्रमित थपिएका छन् । काठमाडौँका २०८५, ललितपुरका ३२० र भक्तपुरका १३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।   

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ३५ हजार ४४० पुगेको छ । जसमा काठमाडौँमा कुल २६ हजार ९०२, ललितपुरमा ४ हजार १५६ र भक्तपुरमा २ हजार ८१५ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १८ हजार ४७३ जनासहित हालसम्म ११ लाख ३१ हजार ९५८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ४६० जना क्वारेन्टाइनमा र २६ हजार ६८४ जना आइसोलेसनमा रहेका छन् ।   

२६ हजार ६८४ जना सक्रिय सङ्क्रमितमध्ये १४ हजार ९६७ जना होम आइसोलेसनमा र ११ हजार ७१७ जना संस्थागत आइसोलेसनमा छन् ।   

मन्त्रालयका अनुसार देशभर २६५ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ४२ जना भेन्टिलेटरमा उपचाररत छन् ।

शेयर गर्नुहोस:

378
Shares