काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा १२९६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार काठमाडौँमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ कोरोना संक्रमित थपिएका हुन् ।
बुधबार संक्रमित हुनेमा काठमाडौँमा ५१८ महिला र ७७८ पुरुष, ललितपुरमा १३० महिला र १६३ पुरुष र भक्तपुरमा ४३ महिला र ५२ पुरुष रहेका छन् ।
हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ३२ हजार ९०० पुगेको छ । जसमा काठमाडौँमा कुल २४ हजार ८१७, ललितपुरमा ३ हजार ८३६ र भक्तपुरमा २ हजार ६८० जना रहेका छन् ।
बुधबार देशभर ३४३९ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । मनत्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।
पछिल्लो २४ घन्टामा संक्रमण निको भई ११२६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६६ हजार ६६८ पुगेको छ । यो प्रतिशतमा ७२.८५ प्रतिशत हुन आउँछ ।
नेपालमा थप १५ सहित ५७८ जनाको निधन भइसकेको छ ।












प्रतिक्रिया