मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रदेश नं ५ को नाम लुम्बिनी, स्थायी राजधानी देउखुरी पारित

प्रदेश नं ५ को नाम लुम्बिनी, स्थायी राजधानी देउखुरी पारित


बुटवल । प्रदेश नं ५ को स्थायी राजधानी देउखुरी हुने प्रस्ताव प्रदेशसभामा पारित भएको छ । प्रदेशसभाको दुईतिहाइ बहुमतले राजधानी देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरिन् । मंगलबार प्रदेश नं ५ ले औपचारिक रुपमा नाम लुम्बिनी र स्थायी राजधानी पाएको हो ।

प्रदेशसभामा मंगलबार भएको मतदानमा देउखुरी राजधानीका पक्षमा ६९ र विपक्षमा १३ तथा लुम्बिनी प्रदेश नामकरणका पक्षमा ७९ र विपक्षमा चार मत परेको सभामुख घर्तीले सदनलाई जानकारी दिइन् । राजधानीका पक्षमा तीन र नामकरणका पक्षमा दुई सदस्य तटस्थ बसेका थिए । कुल ८७ सदस्य रहेको प्रदेशसभामा सभामुख घर्ती र प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल मतदान प्रक्रियामा सहभागी भएनन् । 

प्रदेश सरकारका तर्फबाट यही असोज १६ गतेको प्रदेशसभा बैठकमा दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानीका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव गरेका थिए । त्यसैगरी प्रदेशको नामकरणका लागि पनि मन्त्री केसीले सभामा प्रस्ताव प्रस्तुत गरेका थिए । दुवै प्रस्तावमा मत हस्ताक्षर गरेर मत विभाजन भएको थियो । 

उक्त प्रस्तावमाथि प्रदेशसभामा विपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट फरक प्रस्ताव दर्ता गरिए पनि प्रदेशसभाको बैठकमा मत विभाजन हुँदा दुई तिहाइ मतले सरकारको प्रस्तावलाई पारित गरेको हो ।  तस्वीर : निरा गौतम / रासस